नारायणकाजी भन्छन्- प्रदेश सरकार गठनमा एमालेसँगको सहकार्य परिस्थितिजन्य बाध्यता हो
१० श्रावण, २०८३, आइतवार
- उनका अनुसार पार्टी सरकार बनाउने वा गिराउने प्रक्रियामा संलग्न हुन इच्छुक थिएन र यही धारणा कांग्रेस तथा एमालेसमक्ष पनि राखिएको थियो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सरकार गठनसम्बन्धी आफ्नो पार्टी र नेकपा (एमाले) बीच भएको सहमति परिस्थितिजन्य बाध्यताका कारण भएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले नेपाली कांग्रेस र एमाले मिलेर सञ्चालन भइरहेका प्रदेश सरकारहरू बाँकी कार्यकालभर निरन्तर चलून् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताएका छन् । उनका अनुसार पार्टी सरकार बनाउने वा गिराउने प्रक्रियामा संलग्न हुन इच्छुक थिएन र यही धारणा कांग्रेस तथा एमालेसमक्ष पनि राखिएको थियो ।
तर कांग्रेस र एमाले एउटै सरकारमा बस्न नसक्ने अवस्था सिर्जना भएपछि प्रदेशसभा विघटन हुन नदिन सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनुपरेको उनले स्पष्ट पारे । श्रेष्ठले यस्तो परिस्थितिमा कांग्रेस वा एमालेमध्ये कुनै एक दलसँग सहकार्य गर्नुपर्ने अवस्था आएपछि वामपन्थी शक्तिसँग सहकार्य गर्ने पार्टीको नीतिअनुसार एमालेसँग सहमति गरिएको बताए ।
उनले अब प्रदेश सरकार गठनको प्रक्रियामा विगतका कमजोरी दोहोरिन नदिन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री वा मन्त्री बन्नु पार्टीको प्राथमिकता नभई प्रदेश र प्रदेशवासीको हितलाई केन्द्रमा राखेर संविधानको मर्मअनुसार समाजवादउन्मुख समृद्धिका पक्षमा काम गर्नु मुख्य उद्देश्य हुनुपर्ने उनको भनाइ छ ।
श्रेष्ठले सरकारका नीति, कार्यक्रम र निर्णय संविधानको भावना अनुरूप हुनुपर्ने तथा मन्त्रीहरूको जीवनशैली, कार्यशैली र राजनीतिक संस्कृतिसमेत वामपन्थी मूल्य र मान्यताअनुसार हुनुपर्ने उल्लेख गरेका छन्। यस विषयमा कुनै सम्झौता वा लापरबाही स्वीकार्य नहुने उनको भनाइ छ ।
उनले आफ्नो पार्टीले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको कार्यसम्पादनलाई सुरुदेखि नै पार्टीको अनुगमन तथा मूल्याङ्कन विभागमार्फत प्रमुख कार्यसम्पादन सूचकका आधारमा नियमित अनुगमन र मूल्याङ्कन गर्ने पनि बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।