गेटा अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गरि सञ्चालनमा ल्याउनुपर्छ- प्रदीप पौडेल
१० श्रावण, २०८३, आइतवार
- पौडेलले डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग गर्दै थालेको सत्याग्रह पनि दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको बताएका छन् ।
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा विश्वविद्यालय) प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई तत्काल ३०० शय्याको क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै जनशक्ति परिचालन गरे न्यून लागतमै अस्पतालको स्तरोन्नति सम्भव हुने बताएका छन् ।
उनले आफू स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रहेका बेला गेटा अस्पताल सञ्चालन र एमबीबीएस पठनपाठन सुरु गर्न आर्थिक वर्ष २०८२/८३ को बजेटमै स्रोत सुनिश्चित गरिएको उल्लेख गरेका छन् । त्यसबेला केही पक्षले वस्तुस्थिति नबुझी विरोध गरे पनि अस्पतालको क्षमता विस्तार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा भएको उनको भनाइ छ ।
पौडेलले डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग गर्दै थालेको सत्याग्रह पनि दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको बताएका छन् ।
उनले विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्डका रूपमा रहेको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक र उचित विकल्प भएको बताएका छन् ।
पौडेलका अनुसार अस्पतालको क्षमता नबढाई न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबीबीएसको पठनपाठन सुरु गर्न सम्भव हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।