कांग्रेस नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी
१० श्रावण, २०८३, आइतवार
- पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी र सदस्यलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई विभिन्न उपसमितिको सहजीकरणको जिम्मेवारी बाँडफाँट गरेको छ ।
पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी र सदस्यलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका नेताहरूलाई यसलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक काम गर्न निर्देशन दिएका छन् । उनले प्रत्येक उपसमितिले नागरिक सरोकारका विषयलाई अभियानसँग जोडेर अघि बढाउनुपर्ने र जनजीवनसँग सम्बन्धित मुद्दालाई कांग्रेसको नीतिगत एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिका संयोजक डा. डी.बी. सुनारले आ–आफ्नो कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानको अर्को बैठक साउन ११ गते बिहान ११:३० बजे बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।