पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणमा प्रस्थान

७ श्रावण, २०८३, बिहिवार
सारांश
  • खनाल चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका हुन् ।

काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल एक साताव्यापी भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन् ।

 

खनाल चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका हुन् ।

 

भ्रमणका क्रममा उनले चिनियाँ नेतृत्वसँग नेपाल-चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, मित्रता र सहयोगका विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

 

खनालको भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यसँग जोडेर हेरिएको उनको सचिवालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार