कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
६ श्रावण, २०८३, बुधवार
- बुधबार न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले सांसद शाहलाई पक्राउ गर्नुको कारण सोध्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।
काठमाडौं: सर्वोच्च अदालतले कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले सांसद शाहलाई पक्राउ गर्नुको कारण सोध्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।
कपिलवस्तु जिल्ला अदालतले कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएपछि त्यसका विरुद्धमा शाहले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेका थिए । उनी कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहको अपिल- 'हामीमाथि भरोसा राख्नुहोस्'
-
कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
-
भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार
-
चलचित्र 'गौँथली' ले मनायो प्रदर्शनको ५१औँ दिन
-
एमाले महासचिव पोखरेल भन्छन्- नेपालको हक हो जलवायु न्याय र क्षतिपूर्ति
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।