कृष्ण सिटौलाको गगन थापालाई प्रश्न- हाम्रो सानो माग पुरा गर्न किन नसकेको ?
६ श्रावण, २०८३, बुधवार
- सिटौलाले विपी कोइरला, गणेशमान, कृष्णप्रसाद भट्टराईको लिगेसी बोकेको समुहलाई नजरअन्दाज नगर्न आग्रह गर्दै काँग्रेस जोगाउने आग्रह गरे । उनले निर्वाचन आयोगले गरेको निर्णय आफुले नमान्ने भन्दै आफुहरु अन्यायमा परेको बताए ।
काठमाडौँ: नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गगन थापालाई सानो माग पुरा गर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।
देउवा समुहले आयोजना गरेको ४४औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापासहित अहिलेको काँग्रेसको नेतृत्वसँग इतिहासको कालखण्डमा लामो संघर्ष गरेका नेता कार्यकर्ताको सानो माग पुरा गर्न किन नसकेको भन्दै प्रश्न गरेका छन् ।
सिटौलाले विपी कोइरला, गणेशमान, कृष्णप्रसाद भट्टराईको लिगेसी बोकेको समुहलाई नजरअन्दाज नगर्न आग्रह गर्दै काँग्रेस जोगाउने आग्रह गरे । उनले निर्वाचन आयोगले गरेको निर्णय आफुले नमान्ने भन्दै आफुहरु अन्यायमा परेको बताए ।
सिटौलाले अहिलेको देशको अवस्था संकटमा रहेको र यस अवस्थाबाट काँग्रेसले नै बाहिर निकाल्ने भन्दै देशको संबिधान कहाँ छ ? देशको न्यायालय स्वतन्त्र छ ? कहाँ छ अख्तियार ? कहाँ छ संबिधानको मर्म ? भन्ने प्रश्न गरेका थिए ।
सिटौलाले सभापति थापालाई एक्लै नहिडन चेतावनी दिदै भोली लडेको अवस्था आफुहरुले नै सम्हाल्नुपर्ने अवस्था आउने बताए । सिटौलाले यस महिनाको अन्तिमसम्म भेला गरेर नयाँ कार्यदिशा तय गर्ने बताउदै गगन थापालाई काँग्रेसलाई जोडने साहस गर्न आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।