हर्क साम्पाङले जनकपुर पुगेर भने,आरेन राईलाई सुध्रिन दिनुपर्छ
६ श्रावण, २०८३, बुधवार
- साम्पाङ पार्टी प्रवेश कार्यक्रमका सिलसिलामा दलवलसहित जनकपुरधाम पुगेका थिए । त्यसक्रममा हिजो उनी जानकी मन्दिर दर्शनका लागि जान खोज्दा केही युवाहरुले विरोध गरे ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीका सांसद आरेन राईको पुरानो विवादित अभिव्यक्तिका विषयमा प्रष्टिकरण दिएका छन् । राईले विगतमा अञ्जानमा बोलेको भन्दै अहिले सुध्रिन दिनुपर्ने उनले बताएका हुन् ।
राई श्रम संस्कृतिबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् र संसदमा सक्रिय भूमिका निभाइरहेका छन् । उनी खोटाङ १ बाट विजयी भएका थिए । श्रम संस्कृति पार्टीमा जोडिनुअघि उनी अतिवादी जातीय संगठन मंगोल नेसनल अर्गनाइजेसनमा ७ वर्ष सक्रिय थिए । त्यसबेला उनले ‘गाइ काटेर खान पाउनुपर्ने’ विवादित अभिव्यक्ति दिएकाले अहिलेसम्म पनि आलोचित हुने गरेका छन् ।
साम्पाङ पार्टी प्रवेश कार्यक्रमका सिलसिलामा दलवलसहित जनकपुरधाम पुगेका थिए । त्यसक्रममा हिजो उनी जानकी मन्दिर दर्शनका लागि जान खोज्दा केही युवाहरुले विरोध गरे ।
‘गाई खान पाउनुपर्छ भन्नेहरुले जानकी मन्दिर छिर्न नपाउने’ भन्दै अवरोध गरेपछि साम्पाङ रोकिए । त्यसपछि पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आरेनको पुरानो अभिव्यक्तिको प्रसंग निकालेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १७३ जना घाइते
-
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
-
क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’