हर्क साम्पाङले जनकपुर पुगेर भने,आरेन राईलाई सुध्रिन दिनुपर्छ
६ श्रावण, २०८३, बुधवार
- साम्पाङ पार्टी प्रवेश कार्यक्रमका सिलसिलामा दलवलसहित जनकपुरधाम पुगेका थिए । त्यसक्रममा हिजो उनी जानकी मन्दिर दर्शनका लागि जान खोज्दा केही युवाहरुले विरोध गरे ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीका सांसद आरेन राईको पुरानो विवादित अभिव्यक्तिका विषयमा प्रष्टिकरण दिएका छन् । राईले विगतमा अञ्जानमा बोलेको भन्दै अहिले सुध्रिन दिनुपर्ने उनले बताएका हुन् ।
राई श्रम संस्कृतिबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् र संसदमा सक्रिय भूमिका निभाइरहेका छन् । उनी खोटाङ १ बाट विजयी भएका थिए । श्रम संस्कृति पार्टीमा जोडिनुअघि उनी अतिवादी जातीय संगठन मंगोल नेसनल अर्गनाइजेसनमा ७ वर्ष सक्रिय थिए । त्यसबेला उनले ‘गाइ काटेर खान पाउनुपर्ने’ विवादित अभिव्यक्ति दिएकाले अहिलेसम्म पनि आलोचित हुने गरेका छन् ।
साम्पाङ पार्टी प्रवेश कार्यक्रमका सिलसिलामा दलवलसहित जनकपुरधाम पुगेका थिए । त्यसक्रममा हिजो उनी जानकी मन्दिर दर्शनका लागि जान खोज्दा केही युवाहरुले विरोध गरे ।
‘गाई खान पाउनुपर्छ भन्नेहरुले जानकी मन्दिर छिर्न नपाउने’ भन्दै अवरोध गरेपछि साम्पाङ रोकिए । त्यसपछि पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आरेनको पुरानो अभिव्यक्तिको प्रसंग निकालेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहको अपिल- 'हामीमाथि भरोसा राख्नुहोस्'
-
कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
-
भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार
-
चलचित्र 'गौँथली' ले मनायो प्रदर्शनको ५१औँ दिन
-
एमाले महासचिव पोखरेल भन्छन्- नेपालको हक हो जलवायु न्याय र क्षतिपूर्ति
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।