औषधि लिमिटेडमा सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन
६ श्रावण, २०८३, बुधवार
- उनले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च आफ्नै आम्दानीबाट धान्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उत्पादन वृद्धि, सेवा विस्तार र संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिन निर्देशन दिइन् ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै उत्पादन क्षमता, संस्थाको वर्तमान अवस्था तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् । बबरमहलस्थित लिमिटेडमा भएको अनुगमनमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत उच्च अधिकारी पनि सहभागी थिए।
अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले हाल २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै औषधि देशभर पुर्याउन आवश्यक सवारीसाधनको अभाव रहेको बताए । जेनजी आन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरण प्रभावित भएको उनको भनाइ थियो । त्यसपछि मन्त्री यादवले मन्त्रालयका सचिवलाई आवश्यक सवारीसाधनको तत्काल व्यवस्था गर्न निर्देशन दिइन् ।
महाप्रबन्धक पनेरुले वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको जानकारी पनि मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । त्यसप्रति खुशी व्यक्त गर्दै मन्त्री यादवले सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् ।
उनले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च आफ्नै आम्दानीबाट धान्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उत्पादन वृद्धि, सेवा विस्तार र संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिन निर्देशन दिइन् ।
कार्यक्रममा लिमिटेडमा आवश्यक जनशक्तिको अभावका कारण अत्यावश्यक औषधिको उत्पादनसमेत प्रभावित भइरहेको विषय पनि उठाइएको थियो । त्यसमा मन्त्री यादवले आवश्यक कर्मचारी व्यवस्थापनसहित संस्थाले उठाएका समस्याको समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहको अपिल- 'हामीमाथि भरोसा राख्नुहोस्'
-
कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
-
भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार
-
चलचित्र 'गौँथली' ले मनायो प्रदर्शनको ५१औँ दिन
-
एमाले महासचिव पोखरेल भन्छन्- नेपालको हक हो जलवायु न्याय र क्षतिपूर्ति
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।