रास्वपाको बागलुङ जिल्ला अधिवेशन बदर

४ श्रावण, २०८३, सोमवार
सारांश
  • आयोगका प्रमुख भुवन केसीका अनुसार नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय आगामी सात दिनभित्र सार्वजनिक गरिनेछ । सोही निर्णयका आधारमा जिल्ला अधिवेशन सम्पन्न गरिने आयोगले जनाएको छ ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको छ ।

 

केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सम्पन्न भएपछि अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि अनुसार सञ्चालन नभएको निष्कर्ष निकालेको जनाएको छ ।

 

यससँगै आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन भएको भनिएको जिल्ला कार्यसमितिको घोषणा पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको छ । साथै, जिल्ला अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधिअनुसार पुनः सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

आयोगका प्रमुख भुवन केसीका अनुसार नयाँ जिल्ला अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय आगामी सात दिनभित्र सार्वजनिक गरिनेछ । सोही निर्णयका आधारमा जिल्ला अधिवेशन सम्पन्न गरिने आयोगले जनाएको छ ।

 

केन्द्रीय निर्वाचन आयोगले उक्त निर्णयको जानकारी सम्बन्धित निकायहरूमा पठाइसकेको र तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार