- आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।
काठमाण्डौ, ०३ श्रावण । आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।
बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा नेपाल बैङ्कर्स संघ र बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षसँग छलफल हुने समितिले जनाएको छ ।
त्यस्तै बिहान ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन २०८३ उपर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफलको कार्यसूचि रहेको समितिले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।