सुशासन र रोजगारीलाई पहिलो प्राथमिकता दिन बाबुरामको सरकारलाई सुझाव
२०८३ श्रावण ०३ आइतवार
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारले एकैपटक धेरै काम अघि बढाउनुभन्दा देशका प्रमुख समस्या समाधानमा केन्द्रित हुन सुझाव दिएका छन् ।
काठमाण्डौ, ०३ श्रावण । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारले एकैपटक धेरै काम अघि बढाउनुभन्दा देशका प्रमुख समस्या समाधानमा केन्द्रित हुन सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एकैचोटि धेरै लक्ष्य पछ्याउँदा कुनै पनि लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न नसकिने बताएका छन् । उनले सरकारलाई प्राथमिकता स्पष्ट बनाउन आग्रह गर्दै भनेका छन्- 'एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन, ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ ।'
उनले जनजी विद्रोहको पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित सत्तामा आएको नयाँ सरकारले अहिलेका लागि सुशासन र समृद्धिलाई नै मुख्य लक्ष्य बनाउनुपर्ने उल्लेख गरेका छन् ।
डा. भट्टराईले विशेषगरी देशभित्रै प्रत्येक वर्ष ८ लाखदेखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्ने विषयलाई सरकारको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । त्यसका लागि आवश्यक सबै नीति, योजना र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा
-
मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
-
त्रिशूली ३ ए को उद्धार अपडेट: सुरुङको मुख खोलिदै
-
ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक
-
बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।