मन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता
३२ आषाढ़, २०८३, बिहिवार
- भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विभिन्न पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विभिन्न पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै अमेरिकामा रहेका नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी थिइन् ।
भेटमा मन्त्री यादवले नेपाली वस्तुको अमेरिकी बजारमा पहुँच विस्तारका विषयमा विशेष जोड दिदै सन् २०१५ देखि सञ्चालनमा रहेको नेपाल व्यापार सहुलियत कार्यक्रमको अवधि सकिएको उल्लेख गर्दै नेपाली उत्पादनलाई अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण पहुँच उपलब्ध गराउन अमेरिकी सहयोग आवश्यक रहेको बताइन् ।
मन्त्री यादवले नेपालले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत र कानुनी सुधार गरिरहेको जानकारी दिँदै नेपालका सम्भावनायुक्त क्षेत्रहरु जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग तथा डिजिटल अर्थतन्त्रलाई लगानीका प्रमुख क्षेत्रमा लगानी बढाउन आग्रह गरिन ।
उनले अमेरिका नेपालको महत्वपूर्ण व्यापारिक साझेदार रहेको उल्लेख गर्दै नेपाली ऊनी गलैँचा, तयारी पोशाक र पश्मिनालगायतका वस्तुहरू अमेरिकी बजारमा निर्यात हुँदै आएको बताउदै व्यापार घाटा कम गर्न प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिएकी थिइन् ।
भेटमा अमेरिकी कार्यवाहक राजदूत अर्बमले नेपालले अघि सारेका व्यापार सहुलियत, लगानी विस्तार र आर्थिक सहकार्यका विषयमा सकारात्मक प्रतिक्रिया दिदै नेपालसँगको साझेदारीलाई निरन्तरता दिँदै सहकार्यका क्षेत्रहरूमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।