सरकारमाथि प्रश्न उठ्दा स्टन्टले छोप्ने शैली अब पुरानो भयो- सांसद गीता गुरुङ
३१ आषाढ़, २०८३, बुधवार
- सांसद गुरुङले प्रधानमन्त्रीमाथिको विश्वास एउटा व्यक्तिमाथिको विश्वास मात्र नभई युवा नेतृत्वमाथिको विश्वास भएको बताउदै प्रधानमन्त्री बालेन्द्र शाहले देखाएको आशा विस्तारै निरासामा परिणत हुन थालेको बताइन् ।
काठमाडौं: नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले आफूमाथि प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भएको टिप्पणी गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले देशमा निरासा बढिरहेको बेला सरकारमाथि प्रश्न उठेपछि स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको बताएकी हुन् । उनले भनिन्- 'आशा विस्तारै निराशामा बदलिँदै छ । देशमा दिनदिनै घटेका घटनाले आशा निराशामा बदलिएको छ । प्रश्न उठ्दा स्टन्टले छोप्ने शैली अब पुरानो भएको छ ।'
सांसद गुरुङले प्रधानमन्त्रीमाथिको विश्वास एउटा व्यक्तिमाथिको विश्वास मात्र नभई युवा नेतृत्वमाथिको विश्वास भएको बताउदै प्रधानमन्त्री बालेन्द्र शाहले देखाएको आशा विस्तारै निरासामा परिणत हुन थालेको बताइन् ।
उनले प्रधानमन्त्री शाहलाई इतिहासमा सफल प्रधानमन्त्री बन्ने बाटो रोज्न सुझाव दिदै गन्तव्यमा पुग्न दिशा ठिक हुनुपर्ने बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।