- सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
काठमाडौँ: प्रहरी महानिरीक्षक दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पाँचौँ संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुख सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले प्रहरी महानिरीक्षक कार्कीलाई स्वागत गरेका थिए ।
सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
सम्मेलनमा संयुक्त राष्ट्रसंघीय प्रहरीको भविष्य, नयाँ प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण, भाषा तालिममार्फत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलाई थप प्रभावकारी बनाउने उपाय तथा लैङ्गिक उत्तरदायी प्रहरी प्रणालीलगायत विषयमा छलफल भएको थियो ।
प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल सम्मेलनमा सहभागी हुन असार २१ गते अमेरिका प्रस्थान गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’