- आजदेखि साउन १ गतेसम्म (जुलाई १५ देखि १७) सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ: प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौँ चीन-सिजाङ ट्रान्स हिमालय मञ्चमा सहभागी हुन बुधबार बिहान चीन प्रस्थान गरेको छ ।
उपसभामुख रुवी कुमारी आज बिहान सिचुवान वायुसेवाको उडानमार्फत चीनको निङ्ची सहरतर्फ प्रस्थान गरेकी हुन् । प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर कार्यक्रमकर्ता अनिशा ढकाल रहेका छन् ।
आजदेखि साउन १ गतेसम्म (जुलाई १५ देखि १७) सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा चीनको स्वायत्त सिजाङ क्षेत्रको लिन्ची सहरमा उपसभामुख र चिनियाँ कम्युनिष्ट पार्टीको सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । साथै अन्य उच्चस्तरीय भेटघाटसमेत हुने जनाइएको छ । प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।