परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको आरोप
२०८३ जेठ २९ शुक्रवार
- पछिल्ला ७-८ बर्षमा पहिलो पटक एक शब्द पनि उल्लेख नगरिएको उल्लेख गर्दै मन्त्री खनालले भारत भ्रमणमा सीमा बारे नबोलेको आरोप लगाएकी हुन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको विषय औपचारिक रुपमा कहिँ नउठाएको आरोप लगाएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले नेपालले निकालेको प्रेस नोटमा सीमा विवादबारे पछिल्ला ७-८ बर्षमा पहिलो पटक एक शब्द पनि उल्लेख नगरिएको उल्लेख गर्दै मन्त्री खनालले भारत भ्रमणमा सीमा बारे नबोलेको आरोप लगाएकी हुन् ।
उनले भ्रमण सकिएपछि दिल्लीमा परराष्ट्रमन्त्री खनालले बन्द कोठामा केहि कुरा उठाएको र काठमाडौं फर्किएपछि एउटा प्रेस नोट दिएको भए पनि त्यसमा पनि सीमाको विषयमा एक शब्द पनि उल्लेख नगरेको बताएकी छन् ।
त्यस्तै उनले परराष्ट्रमन्त्री खनालले संसदमा दिएको सीमा बारेको अभिव्यक्ति अस्वीकार गर्ने बताउदै परराष्ट्रमन्त्रीले सीमा व्यवस्थापनको मात्र कुरा गरेको तर नेपाली नक्शाको विषय फरक विषय भएको बताएकी छन् । उनले संसदमा पनि सीमा व्यवस्थापन र सीमा विवाद के हो भन्ने कुरा अध्ययन गर्न र बुझ्न जरुरी रहेको बताउदै अब चीन भ्रमणमा सीमाको विषय उठाउन आग्रह गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।