अर्थमन्त्री डा. वाग्लेले प्रश्न सोध्ने विपक्षी सांसदहरुलाई धम्की दिएको बर्षामान पुनको आरोप

२०८३ जेठ २९ शुक्रवार
सारांश
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद र संसदीय समितिमा प्रश्न सोध्ने विपक्षी धाकधम्की दिएको आरोप लगाएका छन् ।

काठमाण्डौ, २९ जेठ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद र संसदीय समितिमा प्रश्न सोध्ने विपक्षी धाकधम्की दिएको आरोप लगाएका छन् ।

 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले बजेट बारेको जवाफ दिने क्रममा र संसदीय समितिमा अर्थमन्त्री डा. वाग्लेले विपक्षी दलका सांसदहरुलाई धम्काएको आरोप लगाएका हुन् ।

 

उनले भने, ‘सबै सांसदहरुले उठाएका विषयहरु आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टिकरणका कुराहरु हुन्छन् । कार्यपालिका व्यवस्थापिकाप्रति जवाफदेही हुनुपर्छ ।’

 

सांसद पुनले अर्थमन्त्री वाग्लेले सात वटा करका दरहरु हेरफेर गरें भनेर खुलमखुल्ला स्वीकार गरेको र विगतमा धेरै भएको थियो अहिले थोरै भएको छ भनेर उम्किन नपाउने बताउदै यसको संसदीय छानबिन हुनुपर्ने माग गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार