काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
२०८३ जेठ २८ विहिवार
- नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा आज सकिँदैछ ।
काठमाण्डौ, २८ जेठ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा आज सकिँदैछ । निर्धारित समयावधि जेठ २८ गते राति १२ बजेसम्म रहेको महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले जानकारी दिदै समयमै प्रक्रिया पूरा गर्न अपिल गरेका छन् ।
उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता परिचय नम्बर प्राप्त गरिसकेका छन् । त्यस्तै १ लाख २४ हजार ७४८ जनाले स्वयं विवरण भरी अद्यावधिक प्रक्रियामा रहेका छन् ।
सम्बन्धित सबै क्रियाशील सदस्यलाई तोकिएको समयसीमा भित्र आफ्नो सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।
आज तोकिएको समयसम्म क्रियाशील सदस्यता अद्यावधिक नगरेमा आगामी महाधिवेशनमा भाग लिन नपाइने काँग्रेसले स्पष्ट गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।