काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
२०८३ जेठ २८ विहिवार
- नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा आज सकिँदैछ ।
काठमाण्डौ, २८ जेठ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा आज सकिँदैछ । निर्धारित समयावधि जेठ २८ गते राति १२ बजेसम्म रहेको महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले जानकारी दिदै समयमै प्रक्रिया पूरा गर्न अपिल गरेका छन् ।
उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता परिचय नम्बर प्राप्त गरिसकेका छन् । त्यस्तै १ लाख २४ हजार ७४८ जनाले स्वयं विवरण भरी अद्यावधिक प्रक्रियामा रहेका छन् ।
सम्बन्धित सबै क्रियाशील सदस्यलाई तोकिएको समयसीमा भित्र आफ्नो सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।
आज तोकिएको समयसम्म क्रियाशील सदस्यता अद्यावधिक नगरेमा आगामी महाधिवेशनमा भाग लिन नपाइने काँग्रेसले स्पष्ट गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।