प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अब संसद अवरोध गर्दैनौं- भिष्मराज आङदेम्बे
२७ जेठ, २०८३, बुधवार
- प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् । उनले भने- 'म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।'
काठमाडौँ: नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बे आफुहरुले प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीको सीमा बारेको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरि नरहने स्पष्ट गरेका हुन् ।
यस विषयमा आफुहरुले संसदमा प्रधानमन्त्रीलाई नखोज्ने भन्दै उनले संसदलाई अब बन्धक नबनाउने स्पष्ट गरेका छन् । आङदेम्बेले अब प्रधानमन्त्रीले संसदमा होइन जनतासँग माफी माग्नुपर्ने बताए ।
प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् । उनले भने- 'म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।'
उनले आफुहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विषय जनतासम्म लिएर जाने बताउदै यस विषयमा अब संसद अवरोध नगर्ने बताए ।
उनले सभामुखले निष्पक्ष भएर संसद संचालन गर्न आग्रह गर्दै आफुहरुको विवाद सत्ता पक्षसँग हुनुपर्नेमा सभामुखसँग विवाद भएको प्रसंग उल्लेख गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।