प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अब संसद अवरोध गर्दैनौं- भिष्मराज आङदेम्बे
२७ जेठ, २०८३, बुधवार
- प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् । उनले भने- 'म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।'
काठमाडौँ: नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बे आफुहरुले प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीको सीमा बारेको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरि नरहने स्पष्ट गरेका हुन् ।
यस विषयमा आफुहरुले संसदमा प्रधानमन्त्रीलाई नखोज्ने भन्दै उनले संसदलाई अब बन्धक नबनाउने स्पष्ट गरेका छन् । आङदेम्बेले अब प्रधानमन्त्रीले संसदमा होइन जनतासँग माफी माग्नुपर्ने बताए ।
प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् । उनले भने- 'म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।'
उनले आफुहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विषय जनतासम्म लिएर जाने बताउदै यस विषयमा अब संसद अवरोध नगर्ने बताए ।
उनले सभामुखले निष्पक्ष भएर संसद संचालन गर्न आग्रह गर्दै आफुहरुको विवाद सत्ता पक्षसँग हुनुपर्नेमा सभामुखसँग विवाद भएको प्रसंग उल्लेख गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।