भूगोलभन्दा ठुलो बजेट हुदैन, प्रधानमन्त्री संसदमा आएर अभिव्यक्ति सच्याउनुपर्छ- हर्क साम्पाङ
२७ जेठ, २०८३, बुधवार
- उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा ल्याउन आग्रह गर्दै सभामुख अर्याललाई सिमानाको विषय गम्भीर भएको बताए । उनले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोराएका छन् ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा संसदको नियमावली पालना नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख अर्याललाई बोल्न पाउने अधिकारलाई सुनिश्चित गर्न आग्रह गर्दै नियमावली अनुसार चल्न आग्रह गरे ।
उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा ल्याउन आग्रह गर्दै सभामुख अर्याललाई सिमानाको विषय गम्भीर भएको बताए । उनले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोराएका छन् ।
सीमा भन्दा ठुलो विषय बजेट नहुने भन्दै भूगोलको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताए ।
यसअघि संसदमा बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् ।
श्रम संस्कृति पार्टीको लगातार नाराबाजी गरेपछि सभामुखले श्रम संस्कृति पार्टीलाई बोल्न समय दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’