परराष्ट्रमन्त्रीको स्पष्टीकरण मान्दैनौं, प्रधानमन्त्रीको जवाफ चाहिन्छ- एमाले
२७ जेठ, २०८३, बुधवार
- उनले यस समस्याको समाधान रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।
काठमाडौँ: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण अस्वीकार गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता बादलले सीमा बारेमा प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म आफुहरुको विरोध जारी राख्ने बताउदै अन्य सबै सांसदहरुलाई पनि विरोध जारी राख्न आग्रह गरेका छन् ।
उनले यस समस्याको समाधान रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।
उनले देशको स्वाधिनता प्रमुख विषय भएको भन्दै यो विषय समाधान नभएसम्म अन्य विषयमा प्रवेश गर्न नसक्ने आफुहरुको स्पष्ट धारणा रहेको बताए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता बादलले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति र रास्वपा सभापति रवि लामिछानेले भारतमा दिएको 'विगतका ब्यागेज बोगेर अगाडी बढ्न चाहदैनौं' भन्ने अभिव्यक्तिबाट समस्या शुरु भएको बताउदै अहिलेको संकटको समाधान प्रधानमन्त्री, रास्वपा सभापति र सभामुखसँग रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’