परराष्ट्रमन्त्रीको स्पष्टीकरण मान्दैनौं, प्रधानमन्त्रीको जवाफ चाहिन्छ- एमाले
२७ जेठ, २०८३, बुधवार
- उनले यस समस्याको समाधान रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।
काठमाडौँ: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण अस्वीकार गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता बादलले सीमा बारेमा प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म आफुहरुको विरोध जारी राख्ने बताउदै अन्य सबै सांसदहरुलाई पनि विरोध जारी राख्न आग्रह गरेका छन् ।
उनले यस समस्याको समाधान रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।
उनले देशको स्वाधिनता प्रमुख विषय भएको भन्दै यो विषय समाधान नभएसम्म अन्य विषयमा प्रवेश गर्न नसक्ने आफुहरुको स्पष्ट धारणा रहेको बताए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले नेता बादलले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति र रास्वपा सभापति रवि लामिछानेले भारतमा दिएको 'विगतका ब्यागेज बोगेर अगाडी बढ्न चाहदैनौं' भन्ने अभिव्यक्तिबाट समस्या शुरु भएको बताउदै अहिलेको संकटको समाधान प्रधानमन्त्री, रास्वपा सभापति र सभामुखसँग रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।