राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

२०८३ जेठ २६ मङ्गलवार
सारांश
  • ७७४ बीवाईडी विद्युतीय गाडी बजेट अघि नै भन्सार पास गरेर ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको थियो ।

काठमाडौं: राप्रपाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

 

राप्रपाकी सांसद खुस्बु ओलीले विद्युतीय गाडीका करका दर चुहावटको विषयको अनुसन्धान हुन्जेल पद छोडन आग्रह गरेकी हुन् । उनले अर्थमन्त्री वाग्लेले अघिल्लो संसदमा बोलेको प्रसंग उल्लेख गर्दै आफ्नो शब्दबाट पछि हटेको हो भन्ने प्रश्न गर्दै पदबाट हटेर छानबिनमा सहयोग गर्न आग्रह गरेकी छन् ।

 

७७४ बीवाईडी विद्युतीय गाडी बजेट अघि नै भन्सार पास गरेर ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको थियो । यस प्रकरणमा सरकारले छानबिनका लागि समिति गठन गरेको छ भने भन्सार र मन्त्रालयका केहि कर्मचारीलाई कारवाही गरेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार