- सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् ।
धनगढी, २६ जेठ । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । त्यस्तै, जुना दानी आर्थिक मामिला राज्यमन्त्री र मधु भारती सामाजिक विकास राज्यमन्त्री रहेका छन् ।
यसैबीच, नेकपा एमालेले भने आफ्ना नयाँ मन्त्रीहरू सरकारमा नपठाउने निर्णय गरेको छ । एमालेका अनुसार हाललाई पार्टीको निर्देशनअनुसार नयाँ मन्त्री नियुक्त नगरी पुरानै मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरिएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट बलबहादुर सिंह थापा आर्थिक मामिला मन्त्री, मेघराज खड्का सामाजिक विकास मन्त्री, शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाएका हुन् । काँग्रेसमा मुख्यमन्त्रीबाट शाहलाई हटाउने तयारी शुरु भएपछि उनले मन्त्री फेरेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।