- महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज विभिन्न २९ जिल्लामा अधिवेशन हुन लागेको हो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आज पनि हुदैछ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज विभिन्न २९ जिल्लामा अधिवेशन हुन लागेको हो ।
आज कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती प्रदेशका २ जिल्लामा, गण्डकी प्रदेशका ४ जिल्लामा, लुम्बिनी प्रदेशका ३ जिल्लामा, कर्णाली प्रदेशका ६ जिल्लामा र सुदुर पश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ । जस अनुसार आइतबार उदयपुर, सोलुखुम्बु, खोटाङ, ईलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुदैछ ।
यसअघि शनिबार ३६ जिल्लामा अधिवेशन भएको उनले जानकारी दिएका छन् ।
संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि गर्ने भएको हो ।
रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १७३ जना घाइते
-
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
-
क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’