- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिनमै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् ।
भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिनमै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।
दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ भन्छन्- म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस्
-
त्रिशूली-३ ए मा उद्धार कार्य जारी, एक शव निकालियो
-
होर्मुजमा सैन्य परिचालनको विकल्पबारे दक्षिण कोरियाले समीक्षा गर्दै
-
चीनले नेपाललाई मौसम तथा जलविज्ञानसम्बन्धी सूचना नियमित उपलब्ध गराउने
-
सुरुङभित्र हामी हरेकृष्ण महामन्त्रको जप गरिरहेका थियौँ: सञ्जय साह
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।