सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीको गम्भीर आपत्ति
२०८३ जेठ १८ सोमवार
- श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ ।
काठमाण्डौ, १८ जेठ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको वक्तव्यमा पूर्वनिर्धारित कार्यसूचीबिना जेठ १७ गते प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट 'नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ' भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसले नेपालको सीमा विवादसम्बन्धी राष्ट्रिय अडान कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।
श्रम संस्कृतिले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालका तर्फबाट उठाइँदै आएको लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र फिर्ता हुनुपर्ने मागलाई ओझेलमा पार्ने तथा नेपालले आफ्ना केही भूभाग भारतलाई छोड्नुपर्ने जस्तो राष्ट्रघाती मनसाय प्रकट गरेको दाबी गरिएको छ ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको उक्त भनाइले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सीमा अवस्था र राष्ट्रिय अडानबारे गम्भीर अन्योल सिर्जना गरेको समेत जनाएको छ । पार्टीले सरकारले नेपाली सेनालाई सीमा सुरक्षामा प्रभावकारी रूपमा परिचालन नगरेको आरोप लगाउँदै देशको भौगोलिक अखण्डता र सीमा सुरक्षाप्रति सरकार प्रतिबद्ध नरहेको टिप्पणी गरेको छ । त्यस्तै श्रम संस्कृतिले सीमामा निगरानी बढाउनुको सट्टा नेपालले नै भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति आउनु चिन्ताजनक भएको उल्लेख गरिएको छ ।
त्यसैगरी श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै आफ्नो विरोध रहेको स्पष्ट पारेको छ । साथै देशको सार्वभौमिकता, सीमा सुरक्षा र भौगोलिक अखण्डताको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने माग पनि गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।