संसदमा आइतबार भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न सभामुखले गठन गरे समिति
१८ जेठ, २०८३, सोमवार
- सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् ।
काठमाडौँ: सभामुख डिपी अर्यालले आइतबार प्रतिनिधि सभामा भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न समिति गठन गरेका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् ।
सभामुख अर्यालले आइतबारको बैठकमा संसद बैठकमा अमर्यादित व्यबहार भएको र केहि भौतिक नोक्सानी समेत भएको भन्दै सो विषयमा छानबिन गर्न समिति गठन गरेको र सात दिन भित्र प्रतिवेदन आएपछि कारवाही अगाडी बढाउन सकिने जानकारी दिएका छन् ।
विपक्षी दलहरुले आजको दोस्रो बैठक समेत अवरोध गरेपछि बैठक भोली सम्मका लागि स्थगित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बागमतीमा मन्त्रालयको संख्या १४ बाट ८ बनाइयो, ६ जना बिना विभागीय मन्त्री
-
रासायनिक मल ल्याइदै, रोपाइँ प्रभावित
-
करारका कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ व्यवस्था,सात बुँदे परिपत्रमा के छ ?
-
कोलकाताबाट विराटनगरका लागि पहिलोपटक ऐतिहासिक रेल कार्गो सेवा सुरु
-
दुर्गेश थापाको नयाँ गीत 'मास्टर्नी' विवादमा, प्रसारण बन्द गर्न शिक्षक महासङ्घको माग
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।