- दुवै दलले संयुक्त घोषणा गर्दै राष्ट्रिय सद्भावना पार्टी सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सांगठनिक निकायसहित नेपाली कांग्रेसमा विलय भएको जानकारी दिएका हुन् ।
काठमाण्डौ, १८ जेठ । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ । दुवै दलले संयुक्त घोषणा गर्दै राष्ट्रिय सद्भावना पार्टी सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सांगठनिक निकायसहित नेपाली कांग्रेसमा विलय भएको जानकारी दिएका हुन् ।
संयुक्त घोषणाअनुसार परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, मूल्य, मान्यता र विधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै राष्ट्रिय सद्भावना पार्टी कांग्रेसमा समाहित भएको हो ।
राष्ट्रिय सद्भावना पार्टीले मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, महिला, अल्पसंख्यक तथा अन्य शोषित, पीडित र उपेक्षित समुदायको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै वर्तमान अवस्थामा लोकतान्त्रिक, संघीय र समावेशी गणतन्त्रमाथि व्यापक आक्रमण भइरहेको निष्कर्ष निकालेको जनाएको छ ।
अलग–अलग रूपमा गणतन्त्र र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न चुनौतीपूर्ण हुने तथा नेपाली कांग्रेसले उक्त जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाले व्यापक राष्ट्रिय हितका लागि कांग्रेसमा समाहित हुने निर्णय गरिएको जनाइएको छ । घोषणाअनुसार जेठ १७ गतेदेखि लागू हुने गरी राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा औपचारिक रूपमा समाहित भएको छ ।
समाहिती प्रक्रियासम्बन्धी बाँकी आवश्यक व्यवस्थालाई अन्तिम रूप दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र राष्ट्रिय सद्भावना पार्टीका नेता अनिलकुमार झा सम्मिलित कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले सांगठनिक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने बताइएको छ । राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा निर्वाचनमा रौतहट- १ बाट काँग्रेसबाटै चुनाव लडेर पराजित भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।