रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

१८ जेठ, २०८३, सोमवार
सारांश
  • भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका थिए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारतको नयाँ दिल्ली पुगेका छन् ।

 

भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका थिए । सो अवसरमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेपनि उपस्थित रहेका थिए ।

 

लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य,  सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य भारत गएका छन् । भारतीय सत्तारुढ दल भाजपाले लामिछानेको भारत भ्रमणको क्रममा पार्टीअध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूसँग भेटवार्ता हुने र पार्टी-पार्टी सम्बन्ध विस्तारमा सहयोग पुग्ने उल्लेख छ ।

 

यसअघि आइतबार नै रास्वपाले पनि विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराएको थियो । रास्वपा प्रवक्ता मनीष झाले लामिछाने शुक्रबारसम्म भारतमा रहने र व्यक्तिगत भ्रमणका रूपमा अयोध्यासमेत पुग्ने कार्यक्रम रहेको जानकारी दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार