- सांसद पुनले नियम कार्यान्वयनलाई सत्ता पक्ष वा प्रतिपक्षले इगोका रूपमा नलिन पनि आग्रह गरे । उनले सभामुखलाई कार्यव्यवस्था परामर्श समितिमा समीक्षा गर्न सुझाव दिँदै संसदलाई मर्यादित र नियमअनुसार अघि बढाउनुपर्ने बताए ।
काठमाडौं: नेकपाका सांसद वर्षमान पुनले संसदलाई अझ उत्तरदायी र मर्यादित बनाउन सभामुखलाई सुझाव दिएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले नियम ५६ नयाँ व्यवस्था भएको बताउदै संसदलाई उत्तरदायी र मर्यादित बनाउन सभामुखले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले भने- '२०६४ मा पनि थिएन, ०७० मा पनि थिएन, ०७४ मा पनि थिएन । किन राखियो भन्दा सदनलाई जीवन्त बनाउने उद्देश्यले । मन्त्रीहरूसँग अन्तरक्रिया त भइरहन्थ्यो तर सभाको मुख्य नेता प्रधानमन्त्री नै हो । सरकार के गरिरहेको छ भन्ने विषयमा प्रत्यक्ष संवाद हुँदा सदन जीवन्त पनि हुन्छ र लोकतान्त्रिक पनि हुन्छ ।’
सांसद पुनले नियम कार्यान्वयनलाई सत्ता पक्ष वा प्रतिपक्षले इगोका रूपमा नलिन पनि आग्रह गरे । उनले सभामुखलाई कार्यव्यवस्था परामर्श समितिमा समीक्षा गर्न सुझाव दिँदै संसदलाई मर्यादित र नियमअनुसार अघि बढाउनुपर्ने बताए ।
उनले भने- 'प्रधानमन्त्री आउनुभयो, यो महिनाको नियमावली कार्यान्वयन भयो। संसद सफल भयो, अभ्यास पनि भयो। अब नियमावलीका व्यवस्थालाई नियमसंगत रूपमा नै अगाडि बढाऔं ।
सांसद पुनले संसद झगडा गर्ने ठाउँ नभएर आफ्ना असहमति राख्ने ठाउँ भएको भन्दै कसैप्रति व्यक्तिगत रिसिइबी नभएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।