- मङ्गलवार प्रतिनिधि सभातर्फको पूर्वाधार विकास समिति र राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो ।
काठमाण्डौ, १५ वैशाख । सङ्घीय संसद्का दुई वटा समितिका बैठक आज बस्दैछन् । मङ्गलवार प्रतिनिधि सभातर्फको पूर्वाधार विकास समिति र राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक विहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्दै छ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण गरिने कार्यसूचीमा तय गरिएको छ ।
यस्तै, बिहानको ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठममा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गरिने भएको छ ।
यसैगरी बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा समेत छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।