- मङ्गलवार प्रतिनिधि सभातर्फको पूर्वाधार विकास समिति र राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो ।
काठमाण्डौ, १५ वैशाख । सङ्घीय संसद्का दुई वटा समितिका बैठक आज बस्दैछन् । मङ्गलवार प्रतिनिधि सभातर्फको पूर्वाधार विकास समिति र राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक विहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्दै छ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण गरिने कार्यसूचीमा तय गरिएको छ ।
यस्तै, बिहानको ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठममा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गरिने भएको छ ।
यसैगरी बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा समेत छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।