संसद छल्दै दुई तिहाई नजिकको सरकार, दुई अध्यादेश राष्ट्रपति कार्यालय पठायो

१५ बैसाख, २०८३, मगलवार
सारांश
  • संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको हो । मंगलबार दुवै अध्यादेश राष्ट्रपति कार्यालय पुगेको र अहिले राष्ट्रपति पौडेलले अध्यादेश अध्ययन गरिरहेको स्रोतले बताएको छ ।

काठमाडौँ: सरकारले दुई अध्यादेश जारी गर्ने निर्णय गरेको खुलेको छ । 

 

संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको हो । मंगलबार दुवै अध्यादेश राष्ट्रपति कार्यालय पुगेको र अहिले राष्ट्रपति पौडेलले अध्यादेश अध्ययन गरिरहेको स्रोतले बताएको छ ।

 

सरकारले संसद छलेर अध्यादेशको बाटो रोजेको भन्दै विरोध शुरु भएको छ । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् भित्र पर्याप्त बहुमत हुँदाहुँदै पनि अध्यादेश किन ल्याइयो भन्ने विषय शंकाको विषय भएको टिप्पणी गरेका छन् । त्यस्तै उनले अधिवेशन आह्वान गरेको २४ घण्टा नबित्दै संसद् स्थगित गरी अध्यादेशको बाटो रोजिनु विधिको शासन र लोकतान्त्रिक अभ्यासप्रति गम्भीर प्रश्न उठेको बताएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार