अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
१५ बैसाख, २०८३, मगलवार
- कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक भएको बताएका छन् । उनले यसलाई केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमणको रूपमा टिप्पणी गरेका छन् ।
काठमाडौँ: नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक भएको बताएका छन् । उनले यसलाई केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमणको रूपमा टिप्पणी गरेका छन् ।
उनका अनुसार यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ भने सरकारको संसद्प्रतिको अविश्वास पनि उजागर गरेको छ । सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत भएको कांग्रेसको ठहर छ ।
विशेषगरी संवैधानिक परिषद् जस्तो संवेदनशील निकायमा प्रस्तावित संरचनागत परिवर्तनप्रति कांग्रेसले गम्भीर असहमति जनाएको छ । यस्तो परिवर्तनले निर्णय प्रक्रियालाई सीमित व्यक्तिहरूमा केन्द्रित गर्दै सन्तुलन र नियन्त्रणको प्रणाली कमजोर बनाउने, विपक्षी सहभागिता बिना एकतर्फी नियुक्तिको सम्भावना बढाउने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि नकारात्मक असर पार्ने चेतावनी दिइएको छ ।
त्यसैगरी सहकारी क्षेत्रमा सुधार आवश्यक भए पनि प्रस्तुत अध्यादेशले अत्यधिक केन्द्रीकरणमार्फत स्थानीय तह तथा सहकारी संस्थाहरूको स्वायत्तता सीमित गर्ने र नियमनको नाममा राज्यको नियन्त्रण विस्तार गर्ने प्रवृत्ति देखिएको कांग्रेसले जनाएको छ । यसलाई संघीयता र स्थानीय स्वशासनको मर्मविपरीत कदमका रूपमा व्याख्या गरिएको छ ।
नेपाली कांग्रेसले सरकारलाई लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहन, संसद्को भूमिका र गरिमाको सम्मान गर्न तथा यस्ता कदमहरू तत्काल पुनर्विचार गर्न जोडदार आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुनसरीको कप्तानगन्ज घटनापछि सीडीओ र प्रहरी प्रमुखहरु फिर्ता
-
इरान युद्धमा अमेरिकी सेनाको क्षति बढ्यो: अहिलेसम्म १८ सैनिकको मृत्यु, ६२४ घाइते
-
कप्तानगन्ज घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु, सामाजिक सद्भाव कायम राख्न आयोगको आग्रह
-
गेटामा यसैबर्षबाट पठनपाठन सुरु नभए अनसन बस्ने गोपाल हमालको घोषणा
-
सुनसरीको कप्तानगन्जमा सेना परिचालन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।