संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त
२०८३ वैशाख १५ मङ्गलवार
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गरी विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव प्राप्त भइरहेको जानकारी गराएको हो ।
काठमाण्डौ, १५ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गरी विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव प्राप्त भइरहेको जानकारी गराएको हो ।
मन्त्रालयले संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत बनाउने उद्देश्यसहित तर्जुमा गरिरहेको उक्त विधेयकको प्रारम्भिक मस्यौदा मिति २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको थियो ।
सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट प्राप्त सुझावहरू उत्साहजनक रहेको मन्त्रालयले जनाएको छ । यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रिया तथा सुझावहरू समेत संकलन र विश्लेषण भइरहेको बताइएको छ ।
विधेयकलाई थप प्रभावकारी बनाउन मन्त्रालयले प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरी प्राप्त सुझावहरूको व्यवस्थित संकलन, अध्ययन तथा विश्लेषण गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार सार्वजनिक गरिएको मस्यौदा प्रारम्भिक चरणको भएकाले यसमा सुधारका धेरै क्षेत्र रहेको स्वीकार गरिएको छ । अन्तिम रूप दिनुअघि सरोकारवालाबाट प्राप्त सुझावहरू अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने विश्वास दिलाइएको छ ।
मन्त्रालयले यसअघि इमेलमार्फत तथा व्हाट्सएप मार्फत समेत राय, सुझाव तथा पृष्ठपोषण पठाउन सकिने जनाएको छ । मन्त्रालयले सम्बन्धित सबै पक्षलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्दै विधेयकलाई थप प्रभावकारी र व्यवहारिक बनाउन सहयोग गर्न आग्रह गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।