कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै
२०८३ वैशाख १४ सोमवार
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
काठमाण्डौ, १४ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी गरिएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै आज दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन स्थगित गरेको थियो । यससँगै बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्न वार्ता टोली पनि गठन गरेको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।