संसदीय दलको नेता छनौटमा हस्तक्षेप भयो- पूर्णबहादुर खड्का
२०८३ वैशाख १४ सोमवार
- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।
काठमाण्डौ, १४ वैशाख । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र अन्योललाई संसदीय दलको सार्वभौम अधिकारमाथिको ठाडो हस्तक्षेपको परिणाम भएको बताउदै यस्तो कार्य तत्काल रोक्न माग गरेका छन् ।
खड्काले संसदीय दलका सदस्यहरूको यसतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै संसदीय दलको नेता चयन प्रक्रिया पार्टीको विधानअनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।
उनका अनुसार पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलका सदस्यहरूले केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा सर्वसम्मत वा प्रतिस्पर्धामार्फत स्वतन्त्र र सार्वभौम ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । यस प्रकारको अनावश्यक हस्तक्षेप र हतारको राजनीति कसैको हितमा नरहेको बताउदै नेता खड्काले संसदीय दलले अबिलम्ब दलको नेता चयन गरी जनता र अन्तर्राष्ट्रिय समुदायको नजरमा पार्टीको छविमा थप क्षति हुनबाट जोगाउनुपर्ने बताएका छन् ।
उनले यस विषयमा पार्टी केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।