सर्वसम्मतको प्रयास गर्दा संसदीय दलको नेता चयन ढिला भयो- गगन थापा
१४ बैसाख, २०८३, सोमवार
- संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गरेको जानकारी दिदै सभापति थापाले समय बढी लागेकोमा टिका टिप्पणी हुनु स्वाभाविक भएको भन्दै सर्वसम्मतको प्रयासले गर्दा ढिला भएको बताएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय नेता चयन सर्वसम्मतको प्रयास गर्दा ढिला भएको बताएका छन् ।
संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गरेको जानकारी दिदै सभापति थापाले समय बढी लागेकोमा टिका टिप्पणी हुनु स्वाभाविक भएको भन्दै सर्वसम्मतको प्रयासले गर्दा ढिला भएको बताएका हुन् ।
उनले निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेताको चयनको प्रक्रिया टुंगो लगाउन सकिने भएतापनि बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा चयन हुनुपर्ने चाहना भएकाले ढिला भएको स्पष्ट गरेका थिए ।
उनले भने- 'चयनको प्रक्रियामा समय अलि बढि लागेकाले स्वभाविक रुपमा टिकाटिप्पणी धेरै भए । निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो । तर यो पटक बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा होस् भन्ने थियो । कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गार्हो छ । ढिला भएपनि परिपक्व बनाइरहेका थियौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।