सर्वसम्मतको प्रयास गर्दा संसदीय दलको नेता चयन ढिला भयो- गगन थापा
१४ बैसाख, २०८३, सोमवार
- संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गरेको जानकारी दिदै सभापति थापाले समय बढी लागेकोमा टिका टिप्पणी हुनु स्वाभाविक भएको भन्दै सर्वसम्मतको प्रयासले गर्दा ढिला भएको बताएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय नेता चयन सर्वसम्मतको प्रयास गर्दा ढिला भएको बताएका छन् ।
संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गरेको जानकारी दिदै सभापति थापाले समय बढी लागेकोमा टिका टिप्पणी हुनु स्वाभाविक भएको भन्दै सर्वसम्मतको प्रयासले गर्दा ढिला भएको बताएका हुन् ।
उनले निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेताको चयनको प्रक्रिया टुंगो लगाउन सकिने भएतापनि बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा चयन हुनुपर्ने चाहना भएकाले ढिला भएको स्पष्ट गरेका थिए ।
उनले भने- 'चयनको प्रक्रियामा समय अलि बढि लागेकाले स्वभाविक रुपमा टिकाटिप्पणी धेरै भए । निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो । तर यो पटक बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा होस् भन्ने थियो । कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गार्हो छ । ढिला भएपनि परिपक्व बनाइरहेका थियौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।