महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा कारण देखाउ आदेश
१० बैसाख, २०८३, बिहिवार
- महान्यायाधिवक्ता हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको र वा कम्तिमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
काठमाडौं: सर्वोच्च अदाललते महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
महान्यायाधिवक्ता कँडेलको नियु्क्ति असंवैधानिक दावी गर्दै अधिवक्ताहरू माधव कुमार बस्नेत, दिपकराज जोशी, शिवराज बरालसमेतलगायतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अयोग्य व्यक्तिलाई महान्यायाधिवक्ताजस्तो पदमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख गर्दै कँडेलले निरन्तर १५ वर्ष वकालत नगरेको दावी गरिएको छ ।
महान्यायाधिवक्ता हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको र वा कम्तिमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत चैत्र २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।