सुकुम्बासी बस्ती खाली गर्ने निर्णय भएको छैन- प्रवक्ता पोखरेल
१० बैसाख, २०८३, बिहिवार
- विहिबार बसेको मन्त्रिपरिषद्को बैठकपश्चात सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै सरकारका प्रवक्ता समेत रहेका पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्रिपरिषद्मा केही निर्णय नभएको स्पष्ट गरेका हुन् ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा निर्णय नभएको बताएका छन् ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकपश्चात सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै सरकारका प्रवक्ता समेत रहेका पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्रिपरिषद्मा केही निर्णय नभएको स्पष्ट गरेका हुन् ।
बुधबार प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको विषय बाहिरिएपछि सञ्चारकर्मीहरुले प्रश्न सोधेका थिए ।
काठमाडौं महानगरको मेयर रहँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरे पनि तत्कालीन सरकारको असहयोगका कारणले सफल हुन सकेको थिएन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’