जबजका सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : महासचिव पोखरेल
२०८३ वैशाख ०९ बुधवार
- नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा यसका संस्थापकको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
काठमाण्डौ, ०९ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद, अराजकतावाद र अवसर बाधको चुनौती केही समयका पाहुना भएको बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा यसका संस्थापकको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
‘जबजका समृद्ध विचारका सामु अल्गो रिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद, अराजकतावाद, र अवसर बाधको चुनौती केही समयका पाहुना जस्तै हुन्’ पोखरेलले लेखेका छन् ‘कम्यूनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गरौँ ।’
महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ,नारायण विलास जोशी,निरञ्जन गोविन्द वैद्य,नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरुको योगदानलाई स्मरण गरेका छन् ।
आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको पार्टी ७७औँ स्थापना दिवसमा उपत्यकाकामा रहेका नेता कार्यकर्तालाई सहभागी हुन् र काठमाडौं बाहिर सम्बन्धित कमिटीह्रुले आयोजना गरेका कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।