- राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको बताएकी छन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन् ।
राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन् ।
उनले भनिन्, ‘विभिन्न प्रतिनिधिसभाका सदस्यहरुले कुटनीतिक राहदानीको माग आइरहेकाले त्यसलाई कसरी अगाडि लैजाने भनेर पार्टीको सचेतकहरु र प्रमुख सचेतकहरु बोलाएर सभामुखज्यूले कुरा गर्नुभएको हो । यसमा राहदानी ऐन २०७६ ले चाँही नियमावली अनुसार दफा ६ राजधानी ऐनको दफा ६ अनुसार विशेष सरकारी कार्यक्रमहरुमा वा विशेष काममा जाँदा तोकिएको पदाधिकारीले मात्र पाउने कुरा रहेछ ।’
तर, धेरै सांसदहरूलाई विभिन्न कार्यक्रमका लागि विदेश भ्रमणमा जानुपर्ने अवस्था रहेको भन्दै हालको कानुनी व्यवस्थाअनुसार सहज रूपमा राहदानी उपलब्ध गराउन कठिनाइ भइरहेको उनको भनाइ छ ।
यस विषयमा आगामी दिनमा सांसदहरूलाई कसरी सहजीकरण गर्ने भन्नेबारे विभिन्न दलका सचेतक र प्रमुख सचेतकहरूबाट सुझाव संकलन गर्न सभामुखले छलफलका लागि बोलाएको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘तर धेरै माननीयज्यूहरुले विभिन्न कार्यक्रममा विदेश भ्रमणमा जानुपर्ने भएकाले अहिले ऐन र नियमावली अनुसार त्यो दिन नमिल्ने तर आगामी दिनमा माननीयहरुलाई सहजीकरण कसरी गर्ने भन्ने विषयमा राय सल्लाह बोलाइएको हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तीन तहका सरकारबीच समन्वय बिना प्रभावकारी कानुन बन्न सक्दैन: सभामुख डीपी अर्याल
-
नेपाली महिला क्रिकेट टिम ४० रनमा अल आउट, हङकङसँग पराजित
-
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै श्रम संस्कृति पार्टी सडकमा
-
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते
-
‘अब म होइन, हामी’ — रास्वपा सभापति रवि लामिछानेको आह्वान
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।