निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लाग्छ- प्रचण्ड
९ बैसाख, २०८३, बुधवार
- नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अब नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्ने समय आएको बताएका छन् ।
काठमाडौँ: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्ट आन्दोलनको पुनर्गठनको समय आएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अब नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्ने समय आएको बताएका छन् ।
उनले चुनावको हारबाट आफु निराश नभएको बताउदै आफु नजिक निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लागेको बताए ।
उनले भए- 'मलाई आजकल निराशाको कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो जस्तो लाग्छ । तपाइँ हामीले सोचे भन्दा छिटो कम्युनिष्टको जन लहर आउनेवालाछ ।'
उनले सरकारको अवस्था देखेको भन्दै एकै उमेर समुहले मात्र चलाउन नसकिने दाबि गरे । उनले नेपो बेबी र नेपो किड्स भनेको पनि देखिएको भन्दै राम्रो दिन छिट्टै आउने बनाए ।
प्रचण्डले जनताले हामीलाई बहिष्कार होइन सबक सिकाएको बताउदै देशका लागि लडेको जनताले नबिर्सिएको बताए ।
उनले आफुहरु गणतन्त्रको लागि नलडेको भए अहिले सरकारमा आउने अवस्था बन्थ्यो भन्दै आफुहरुको योगदान नबिर्सिन सरकारलाई चेतावनी समेत दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।