निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लाग्छ- प्रचण्ड
९ बैसाख, २०८३, बुधवार
- नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अब नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्ने समय आएको बताएका छन् ।
काठमाडौँ: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्ट आन्दोलनको पुनर्गठनको समय आएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अब नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्ने समय आएको बताएका छन् ।
उनले चुनावको हारबाट आफु निराश नभएको बताउदै आफु नजिक निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लागेको बताए ।
उनले भए- 'मलाई आजकल निराशाको कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो जस्तो लाग्छ । तपाइँ हामीले सोचे भन्दा छिटो कम्युनिष्टको जन लहर आउनेवालाछ ।'
उनले सरकारको अवस्था देखेको भन्दै एकै उमेर समुहले मात्र चलाउन नसकिने दाबि गरे । उनले नेपो बेबी र नेपो किड्स भनेको पनि देखिएको भन्दै राम्रो दिन छिट्टै आउने बनाए ।
प्रचण्डले जनताले हामीलाई बहिष्कार होइन सबक सिकाएको बताउदै देशका लागि लडेको जनताले नबिर्सिएको बताए ।
उनले आफुहरु गणतन्त्रको लागि नलडेको भए अहिले सरकारमा आउने अवस्था बन्थ्यो भन्दै आफुहरुको योगदान नबिर्सिन सरकारलाई चेतावनी समेत दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
-
फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ
-
दशैँको अवसरमा काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा सञ्चालन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ३ गते मङ्गलबार
-
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’