गगन थापासँग अर्बौ रुपैयाँ छ भन्ने कान्छारामलाई काँग्रेसले सोध्यो स्पष्टीकरण
२०८३ वैशाख ०८ मङ्गलवार
- नेपाली कांग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ ।
काठमाण्डौ, ०८ वैशाख । नेपाली कांग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले कान्छारामलाई जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
कान्छारामले सभापति गगन थापासँग अर्बौ रुपैयाँ छ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि अनुशासन समितिले स्पष्टिकरण सोधेको हो ।
सोमबार बसेको समितिको बैठकले गरेको निर्णयमा भनिएको छ- नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टिकरण पेश गर्न निर्देशन गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’