परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको शिष्टाचार भेट
२०८३ वैशाख ०८ मङ्गलवार
- मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुरले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । विशेषगरी व्यापार र लगानी क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्षबीच विचार आदान–प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार काठमाडौँ आएका कपुरले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । उनले सोमबार रास्वपा सभापति रवि लामिछाने भेटवार्ता गरेका थिए भने व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’