परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको शिष्टाचार भेट
२०८३ वैशाख ०८ मङ्गलवार
- मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुरले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । विशेषगरी व्यापार र लगानी क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्षबीच विचार आदान–प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार काठमाडौँ आएका कपुरले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । उनले सोमबार रास्वपा सभापति रवि लामिछाने भेटवार्ता गरेका थिए भने व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।