म विरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ
७ बैसाख, २०८३, सोमवार
- पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै गुरुङले तथ्य र हल्लाबीच फरक छुट्याउन आग्रह गरेका छन् । उनले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको आरोप निराधार भएको दाबी गर्दै सबै लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको बताएका छन् ।
काठमाडौँ: गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीले गर्ने निर्णयको पालना गर्दै आवश्यक सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै गुरुङले तथ्य र हल्लाबीच फरक छुट्याउन आग्रह गरेका छन् । उनले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको आरोप निराधार भएको दाबी गर्दै सबै लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको बताएका छन् ।
उनका अनुसार धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा दुई करोडभन्दा बढी लगानी खुलाइसकिएको छ । स्टार माइक्रो र लिबर्टी माइक्रोमा रहेको लगानी पनि सोही श्रेणीभित्र पर्ने भन्दै लुकाउने नभई वर्गीकरणको विषय भएको स्पष्ट पारेका छन् ।
गुरुङले मन्त्री बन्नुअघि सेयर खरिद गर्नु गैरकानुनी नभएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको बताएका छन् । लगानीका लागि प्रयोग गरिएको रकम कर्जामार्फत जुटाइएको र त्यसको कागजी प्रमाण तथा बैंक रेकर्ड उपलब्ध रहेको उनको भनाइ छ ।
विवादित व्यक्तिसँग साझेदारीको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको बताएका छन् । यस्तो आरोप न्यायोचित नभएको उनको जिकिर छ ।
‘स्वार्थको द्वन्द्व’ सम्बन्धी आरोपबारे गुरुङले यस विषयको छानबिन सम्बन्धित निकायमार्फत भइरहेको र त्यसमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।
उनले लगानीमा जोखिम स्वाभाविक हुने र पछिका घटनालाई आधार बनाएर अघिको निर्णयलाई दोष दिनु उचित नभएको उल्लेख गरेका छन् । कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने पनि उनले बताएका छन् ।
गुरुङले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन् । उनले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै
-
बलिवुड फिल्म ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने
-
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ जना घाइते
-
दशैंको टीकाको तेस्रो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ६ गते शुक्रबार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’