म विरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ
७ बैसाख, २०८३, सोमवार
- पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै गुरुङले तथ्य र हल्लाबीच फरक छुट्याउन आग्रह गरेका छन् । उनले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको आरोप निराधार भएको दाबी गर्दै सबै लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको बताएका छन् ।
काठमाडौँ: गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीले गर्ने निर्णयको पालना गर्दै आवश्यक सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै गुरुङले तथ्य र हल्लाबीच फरक छुट्याउन आग्रह गरेका छन् । उनले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको आरोप निराधार भएको दाबी गर्दै सबै लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको बताएका छन् ।
उनका अनुसार धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा दुई करोडभन्दा बढी लगानी खुलाइसकिएको छ । स्टार माइक्रो र लिबर्टी माइक्रोमा रहेको लगानी पनि सोही श्रेणीभित्र पर्ने भन्दै लुकाउने नभई वर्गीकरणको विषय भएको स्पष्ट पारेका छन् ।
गुरुङले मन्त्री बन्नुअघि सेयर खरिद गर्नु गैरकानुनी नभएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको बताएका छन् । लगानीका लागि प्रयोग गरिएको रकम कर्जामार्फत जुटाइएको र त्यसको कागजी प्रमाण तथा बैंक रेकर्ड उपलब्ध रहेको उनको भनाइ छ ।
विवादित व्यक्तिसँग साझेदारीको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको बताएका छन् । यस्तो आरोप न्यायोचित नभएको उनको जिकिर छ ।
‘स्वार्थको द्वन्द्व’ सम्बन्धी आरोपबारे गुरुङले यस विषयको छानबिन सम्बन्धित निकायमार्फत भइरहेको र त्यसमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।
उनले लगानीमा जोखिम स्वाभाविक हुने र पछिका घटनालाई आधार बनाएर अघिको निर्णयलाई दोष दिनु उचित नभएको उल्लेख गरेका छन् । कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने पनि उनले बताएका छन् ।
गुरुङले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन् । उनले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।