पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ : सांसद शाही
७ बैसाख, २०८३, सोमवार
- सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने भएकाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्ने बताए ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने भएकाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्ने बताए ।
उनले भने,‘पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्छ । यदी त्यो सकेनौं भने भोली ममा पनि तानाशाही प्रवृत्ति आउन सक्छ । यो एउटा सिकाइ हुँदै जान्छ । त्यो सिकाईले भोली अप्ठ्यारो अवस्था ल्याउन । त्यसैले अहिले राप्रपाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्छ ।’
त्यस्तै उनले अहिले भ्रष्टाचारको फाइलहरु धेरै आउँदै गर्दा राप्रपाको नेतृत्वकर्ताहरुमाथि भने प्रश्न पनि नउठेको दाबी गरे ।
‘अहिले भ्रष्टाचारका काण्डका फाइलका फाइल आएका छन् । तर राप्रपाको नेतृत्वको माथि अहिलेसम्म एउटा प्रश्न उठेको छैन् । किनभने हामी इमान्दारिताकासाथ अगाडि बढ्छौं । त्यसमा कोही कसैले पनि आपत्ति नमाने हुन्छ,’उनले भने ।
त्यस्तै उनले जनताको विमति पार्टीसँग भन्दापनि उम्मेदवारसँग भएको भन्दै एमालेका युवाहरुले निर्वाचन जितेर आएको उदाहरण दिए । सांसद शाहीले अहिले सबैभन्दा बढि राजनीतिक एजेण्डा राप्रपासँग मात्र भएको दाबी गरे ।
उनले भने,‘यहाँ पार्टीसँग विमति होइन् उम्मेदवारसँग विमति छ । पार्टी नै खत्तम भएको भए एमालेका युवाहरुले कसरी जितेर आउँथे रुखै त जितेर आएको छन् । हामीले कहिँ कतै कम्जोरी गरेको छौै भने आत्मासमिक्षा गरौं र यतिबेला सबैभन्दा बढि कसैसँग राजनीतिक एजेण्डा छ भने त्यो राप्रपासँग मात्रै छ ।’
त्यस्तै,पार्टीले सरकारले चालेको सकारात्मक कदममाथि साथ दिने र जनताकोहित विपरित काम भए खबरदारी गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।