कांग्रेसको कोइराला पक्षले सर्वोच्चको फैसला स्वीकार गर्ने, देउवा पक्षको भेलामा नजाने

२०८३ वैशाख ०६ आइतवार
सारांश
  • अब पार्टी सुधारमा केन्द्रित हुने भन्दै कोइराला पक्ष देउवा पक्षले बोलाएको भेलामा सहभागी नहुने गुरुङले बताएका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सर्वोच्चको फैसलालाई स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निर्णय गरेको छ ।

 

कोइराला पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वलाई मान्यता दिँदै अघि बढ्ने निष्कर्ष निकालेको निवर्तमान उपसभापति धनराज गुरूङले जानकारी दिएका छन् ।

अब पार्टी सुधारमा केन्द्रित हुने भन्दै कोइराला पक्ष देउवा पक्षले बोलाएको भेलामा सहभागी नहुने गुरुङले बताएका छन् ।

 

देउवा पक्षले आज १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको भेला गरिरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार