- त्यसैगरी सुशासन, सेवा प्रवाह, प्रतिनिधित्वका विषयमा उठेका माग, पार्टीको चुनावी प्रतिज्ञापत्रमा उल्लेख गरिएका संविधान संशोधनसम्बन्धी बुँदा तथा पछिल्लो समय विकसित राजनीतिक अवस्थाको समेत अध्ययन गर्ने जिम्मा समितिलाई दिइएको छ ।
काठमाडौँ: नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरेको समितिलाई पूर्णता दिएको छ ।
केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गते बसेको बैठकले पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा संविधान संशोधन अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा वरिष्ठ अधिवक्ताहरू र कानुन क्षेत्रका विज्ञहरू सदस्यका रूपमा रहेका छन् भने राजु कटुवाल सदस्य सचिव तोकिएका छन् ।
समितिमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खडका, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितकुमार बस्नेत, रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता सदस्य रहेका छन् ।
समितिलाई संविधान निर्माणका क्रममा विभिन्न समुदाय र समूहबाट उठेका माग, आन्दोलन तथा भएका सहमतिहरूको अध्ययन–विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ । साथै संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या, संघीयता कार्यान्वयन र विभिन्न तहका सरकार सञ्चालनमा देखिएका चुनौतीबारे अध्ययन गर्ने कार्यादेश दिइएको छ ।
त्यसैगरी सुशासन, सेवा प्रवाह, प्रतिनिधित्वका विषयमा उठेका माग, पार्टीको चुनावी प्रतिज्ञापत्रमा उल्लेख गरिएका संविधान संशोधनसम्बन्धी बुँदा तथा पछिल्लो समय विकसित राजनीतिक अवस्थाको समेत अध्ययन गर्ने जिम्मा समितिलाई दिइएको छ ।
समितिले लोकतन्त्रका मूल्य, नागरिक अधिकार र समावेशी सिद्धान्तलाई अझ सुदृढ बनाउने गरी सुझावसहितको प्रतिवेदन तयार पार्नेछ । सोही प्रतिवेदनका आधारमा नेपाली कांग्रेसले संविधान संशोधनबारे आफ्नो धारणा तय गर्ने जनाएको छ ।
पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य राजनीतिक दल, नागरिक समाज र विज्ञहरूसँग संवाद अघि बढाउने तयारी गरेको छ । साथै संविधान संशोधनसम्बन्धी बहस अघि बढाउन सरकारले लिएको पहलप्रति कांग्रेसले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।