पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
६ बैसाख, २०८३, आइतवार
- आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।
आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।
देउवा पक्षका सचेतक श्यामकुमार घिमिरे अब पार्टीले आन्तरिक एकतालाई प्राथमिकता दिँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने तथा वर्तमान सभापति गगन थापाले समावेशी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले भने, ‘कानुनी पाटो अब सकिएको छ । राजनीतिक रुपले हामीले पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने आजको आवश्यकता हो । अब कानुनी लडाई सकिएको छ । अब राजनीतिक रुपले अहिलेका वर्तमान सभापति संस्थापन पक्षका गगन थापाले सबैलाई समेट्ने गरी भूमिका खेल्नुपर्छ भन्ने हो । असन्तुष्ट पक्षहरु हिजोको संस्थापन पक्षले पनि अब पार्टीलाई एकताबद्ध गरेर लैजाने बाटोमा जानुपर्छ ।’
घिमिरेले असन्तुष्ट पक्षलाई पनि एकताको प्रक्रियामा सहभागी गराउँदै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।