परराष्ट्र मन्त्रालयको नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तरक्रिया
२०८३ वैशाख ०५ शनिवार
- परराष्ट्र मन्त्रालयले दक्षिण एशिया, उत्तर–पूर्व एशिया, दक्षिण–पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
काठमाण्डौ, ०५ वैशाख । परराष्ट्र मन्त्रालयले दक्षिण एशिया, उत्तर–पूर्व एशिया, दक्षिण–पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले सरकारले प्राथमिकतामा राखेका दुई मुख्य विषय—सुशासन र आर्थिक कूटनीति—मा जोड दिएका छन् । उनले प्रविधिमा आधारित सेवा प्रवाहमार्फत सुशासन सुदृढ गर्नुपर्ने र प्रभावकारी आर्थिक कूटनीतिमार्फत मुलुकको हित प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
अन्तरक्रियामा सहभागी राजदूत, वाणिज्यदूत तथा कार्यवाहक प्रमुखहरूले सम्बन्धित देश र निकायसँग नेपालको संलग्नता, सहकार्यका सम्भावना तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले गुणस्तरीय सेवा प्रवाहमार्फत सुशासन सुनिश्चित गर्ने र आर्थिक कूटनीतिलाई सशक्त बनाउँदै देशको समृद्धिमा योगदान गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारेका थिए । उनले नियोगहरूलाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिँदै नवीनता र डिजिटलीकरणमार्फत सेवा प्रवाह अझ प्रभावकारी बनाउन आग्रह गरेको मन्त्रालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तीन तहका सरकारबीच समन्वय बिना प्रभावकारी कानुन बन्न सक्दैन: सभामुख डीपी अर्याल
-
नेपाली महिला क्रिकेट टिम ४० रनमा अल आउट, हङकङसँग पराजित
-
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै श्रम संस्कृति पार्टी सडकमा
-
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते
-
‘अब म होइन, हामी’ — रास्वपा सभापति रवि लामिछानेको आह्वान
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।